दमक,१३ चैत । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ ।कमिटीको एघारौ नगर सम्मेलनले सीता कार्कीको अध्यक्षतामा नगर कमिटी चयन भएको हो । निर्वाचित कमिटीको उपाध्यक्षमा देवीमाया गौतम, सचिवमा चन्द्रकला बिक,सहसचिवमा तारा न्यौपाने पाठक र कोषाध्यक्षमा नर्वदा गौतम अधिकारी चयन भएकी छन् ।
सोमबार भने सचिव पदमा बिकसंगै पार्वता ढकाल वीच निर्वाचन भएको थियो । निर्वाचनमा बिकले ७० र ढकालले ५० मत प्राप्त गरेकी थिइन् ।निर्वाचित कमिटीको सदस्यहरुमा रिता गौतम दंगाल, लक्ष्मी बुढाथोकी,बालिका चौधरी,भिममाया पोख्रेल,सिता कार्की थापा, सावित्रा बुढाथोकी,पार्वता आचार्य, कृष्णमाया खतिवडा, अम्बिका चापागाई,चेतना निरौला,दुर्गा उप्रेती चुनिएकी छन् ।
यसैगरि, सदस्यहरुमा निर्मला ओली, भूमिका सिग्देल, अम्बिका खरेल,सिता लकान्द्री, बिना परियार,शान्ति बराइली, सुधा कन्दङ्गवा, फूलमाया नेम्बाङ, इन्दिरा श्रेष्ठ, दिपा श्रेष्ठ र करुण पोख्रेल सर्वसम्मत चुनिएकी छन् । अनेमसंघको नेतृत्व चयन गर्न नत्र दाहाललाई अध्यक्षमण्डल बनाईएको थियो ।