शिवसताक्षी ,१३ चैत । झापाको शिवसताक्षीमा बहुउद्देश्यीय कभर्ड हलको निर्माण कार्य शुरु भएको छ । शिवसताक्षी नगरपालिका ६ स्थित वडा कार्यालय परिषरमा बहुउद्देश्यीय कभर्ड हलको निर्माण कार्य शुरु भएको वडाअध्यक्ष मनोज खुलाल कार्कीले बताए ।
उनका अनुसार कोशी प्रदेश सरकारबाट रु २५ लाख र नगरपालिकाको चालु वजेट रु १८ लाख गरि यो वर्ष कुल रु ४३ लाख रुपैयाको लागत रहने छ ।कर्भड हल निर्माण कम्पन्नीले ठेक्का लिई चालु वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि काम शुरु गरिसकेको उनले बताए । यो योजना निर्माण पछि शिवसताक्षीको दक्षिणी भेगमा यो नै ठुलो कभर्ड हल हुने वडा कार्यालयले जनाएको छ ।
वडाअध्यक्ष कार्कीले यो वर्ष हलसहित व्याडमिन्टन, टेवलटेनिस खेल सञ्चालन हुने जानकारी दिए । कभर्ड हलमा भलिवल लगायतका इनडुवोरका खेलकुद गतिविधि समेत गर्न सकिने संरचना निर्माण गरिने उनको भनाई छ । कभर्ड हल पूर्ण रुपमा तयार हुदाँ करिव रु २ करोड बढी खर्च लाग्ने बताईएको छ ।
कभर्ड हल निर्माण पछि त्यस क्षेत्रका स्थानीयलाई शारीरिक अभ्यासका लागि व्याडमिन्टन ,टेवलटेनिस लगायतका खेलकुदको आयोजना तथा खेल समेत सुविधा पुग्ने वडाअध्यक्ष कार्कीले बताए ।