सुनिताको स्मृतिमा आश्रमलाई सहयोग हस्तान्तरण

दमक,११ चैत । दमक -४ की स्वर्गीय सुनिता श्रेष्ठको ३० औं दिनको पुण्य तिथीको अवसर पारेर आज उनका परिवारले दमकको दुई वटा आश्रमलाई सहयोग गरेका छन् ।
सुनिताकी छोरी उषा श्रेष्ठसहितका परिवार तथा विभिन्न राजनीतिक ,सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा दमक -४ स्थित रत्न ज्येष्ठ नागरिक बृद्धाश्रम र दमक २ मा रहेको हाम्रो बाल आश्रमलाई नगद ,लत्ताकपडा तथा खाद्यन्न सहयोग गरेका हुन् ।
रत्न आश्रमका १० जना बृद्धबृद्धालाई भोजनसहित कपडा, नगद ५ हजार र विभिन्न खाद्यन्न सामग्री प्रदान गरिएको थियो भने हाम्रो बाल आश्रम सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुरयाउने उद्धेश्यले नगद ५० हजार रुपैयाँ र पितृ प्रसाद स्वरुप खाद्यन्न प्रदान गरिएको थियो । हाम्रो बाल आश्रमका अध्यक्ष प्रकाश थापा र दमकस्थित अनाथ बाल बृद्धाश्रमकी अध्यक्ष सुमित्रा प्रसाइँ मार्फत आश्रमलाई सो सहयोग हस्तान्तरण गरिएको थियो ।
श्रेष्ठ परिवारका तर्फबाट छोरी उषाले सो सहयोग हस्तान्तरण गरेकी थिइन् । ति दुवै सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश क्षेत्र सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाइँ, अन्तराष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष छत्र फोरुम्बो सुब्बा, महाधिवेशन प्रतिनिधि मेदनी प्रसाद सिटौला, दाता परिवारका नातेदार समेत रहेका महाधिवेशन प्रतिनिधि विक्रम अधिकारी, राजेन्द्र सिटौला लगायतको विशेष उपस्थिति रहेको थियो । श्रेष्ठ परिवारले दिवंगत आत्माको शान्तिका लागि प्रार्थनासहित त्यस किसिमको परोपकारपूर्ण काममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
एक महिना अघि दमक ४ की ३८ बर्षिया सुनिता श्रेष्ठको अल्पायुमा निधन भएको थियो । उनको नेवारी परम्परा अनुसार पहिलो पटक छोरी उषाले दशगात्र कर्म ( काजकिरिया) गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.