दमक,९ चैत । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा कार्यालय भवनको थप निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको रु २० लाख बिनीयोजित वजेटबाट कार्यालयको दोश्रो तलाको निर्माण कार्य शुरु भएको रेडक्रस उपशाखाले जनाएको छ ।
सो वजेटबाट रेडक्रसको सुविधासम्पन्न सभाहलसहितका संरचना निर्माण हुने रेडक्रस उपशाखाका सभापति चन्द्र साहले बताए । उनका अनुसार अहिले धमाधम निर्माण कार्य भईरहेको छ ।
कमल ५ काटा चौंकका स्थानीय जग्गादाताहरुले चार कठठा बढी जमीन रेडक्रस उपशाखालाई दान दिएका थिए । सोहि जमीनमा रेडक्रसले गाउँपालिकाको सहयोगमा दोश्रो तलाका संरचना निर्माण शुरु गरिएको उपशाखा सचिव पारषमणि राईले जानकारी दिए ।
हाल सञ्चालन हुदैआएको रेडक्रसको एक तले पक्की कार्यालय भवन स्थानीयको सरसहयोगबाट भवन निर्माण गरिएको हो । दोश्रो तलामा कार्यालयका अत्यावश्यक संरचना निर्माण पछि दैनिक कार्यसञ्चालनमा सुविधा पुग्ने सचिव राईले बताए ।
यसैगरि, रेडक्रसले कार्यालय परिषर घेराबेराका लागि समेत प्रदेश सरकारसंग आवश्यक सहयोग जुटाउन पहल गर्ने समेत जनाईएको छ ।