मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पौडेल, सचिवमा राई

मेचीनगर, ७ चैत । यहाँस्थित मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा मुक्ति पौडेल निर्वाचित भएका छन् ।केन्द्रको आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पौडेलले २२१ मत ल्याएर विजयी भएको निर्वाचन समिति संयोजक डिल्लीराम घिमिरेले बताए ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी बिना तामाङले ११९ मत प्राप्त गरेकी थिइन् । अध्यक्ष पौडेल १०२ मतको अन्तरले विजयी भएका हुन् ।

यता सचिव पदमा अर्जुन राई निर्वाचित भएका छन् । उनले २३० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी घनश्याम लामिछानेले ११२ मत मात्र प्राप्त गरेको संयोजक घिमिरेले बताए ।

सचिवमा राई ११८ मत अन्तरले विजयी भएका हुन् । ५१० जना सदस्य रहेको केन्द्रमा ३४३ जना सदस्यले मतदानका भाग लिएका थिए ।अध्यक्षमा १ जना र सचिव पदमा ३ जनाको मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।केन्द्रको उपाध्यक्षमा बालकृष्ण थापा, महासचिवमा खडानन्द भण्डारी र कोषाध्यक्षमा रोमा थापा मगर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै सदस्यहरुमा सजित तामाङ, रमेश कटुवाल, सुदर्शन खड्का, शशि राई, नेत्रप्रसाद पराजुली र मिरा कार्की निर्विरोध निर्वाचित भइसकेको घिमिरेले जानकारी दिए । ३ वर्षे कार्यकाल रहेको केन्द्रमा मनोनितसहित १९ जनाको कार्यसमिति रहने छ ।

Leave a Reply

Your email address will not be published.