लागूऔषधसहित दमकबाट दम्पत्ती पक्राउ

दमक,१ चैत। दमकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दम्पत्तीलाई प्रहरी पक्राउ गरेको छ ।मंगलबार बेलुका दमक १ मा लागूऔषध बिक्री वितरण भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दम्पत्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसरी पक्राउ पर्नेमा दमक -७ का २३ बर्षीय रविन कटुवाल र उनको श्रीमती २१ बर्षीया अनिता बिक रहेका छन् । उनीहरुको साथबाट ६ सय ७० मिलिग्राम ब्राउनसुगर फेला परेको र पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.