दमक ,२३ फागुन । होली मिलन कार्यक्रमका अवसर पारेर नेपाली कांग्रेस दमक- ८ वडा समितिले एक ज्येष्ठसहित तीन जनालाई सम्मान गरेको छ ।पार्टीका क्रियाशील सदस्य मध्ये स्थानीय संघसंस्थाहरुमा हालै निर्वाचित हुने ढुण्डीराज भण्डारी दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष,गोमा बुढाथोकी नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाकी उपसभापति र ज्येष्ठ नागरिकका रुपमा गंगा घिमीरेलाई सम्मान गरिएको हो । उनीहरुलाई पार्टी वडा सभापति चन्द्र खत्री लगायतले सम्मान प्रदान गरेका थिए । त्यस अवसरमा सहभागिहरु मित्रवत होली समेत खेलिएको थियो ।
यसैगरि , आजनै होली मिलन कार्यक्रमका अवसरमा कांग्रेस प्रदेश ( २ ) ले पार्टी कार्यालय दमकमा होली विशेष कार्यक्रमको आयोजना गरेको छ । पार्टीकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहभागिहरुवीच एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै होली समेत खेलिएको थियो । प्रदेश सभापति रवि केसीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यस्तै, दमक उद्योग वाणिज्य संघ , दमक जेसीजले पनि आज होली विशेष कार्यक्रम गरि होली पर्व मनाएका छन् ।