झापा , १७ फागुन । कारको ठक्करबाट झापाको कन्काई नगरपालिका -८ लक्ष्मीपुर चोकमा दुई पैदलयात्रीको मृत्यु भएको छ ।मंगलबार राति करिब पौने १२ बजे सडक पार गर्दै गरेका स्थानीय ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटीलाई ना४च ४५२५ नम्बरको कारले ठक्कर दिदाँ दुवैको घटनास्थलमा मृत्युभएको थियो । बाटो काट्ने क्रममा तीव्र गतिमा आएको कारले दुवैलाई ठक्कर दिएको थियो । उनीहरूका शव बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ । उक्त कार प्रहरीको नियन्त्रणमा छ भने फरार चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।