झिगु मिसा पुचः दमकको नयाँ नेतृत्व

दमक ,१६ फागुन । झिगु समाज दमकको भगिनी संस्था झिगु मिसा पुचःको नयाँ नेतृत्व चयन भएको छ ।संस्थाको तेस्रो अधिवेशनले अन्जना ताम्राकारको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ उदास,उपाध्यक्षमा फुलमाया श्रेष्ठ ,सचिवमा प्रमिला श्रेष्ठ, कोषाध्यक्षमा गोमा श्रेष्ठ र सहसचिवमा शारदा प्रधान चुनिएकी छन् ।
यसैगरि सदस्यहरुमा दिलकुमारी ताम्राकार ,ज्योति श्रेष्ठ,ज्ञानुदेवी शाक्य , विध्या श्रेष्ठ , पार्वती वज्राचार्य , पवित्रा श्रेष्ठ , तारा श्रेष्ठ , चन्द्र कुमारी श्रेष्ठ(शान्ता ) श्रेष्ठ र सोफिया श्रेष्ठ चुनिएकी छन् ।
त्यस अवसरमा संस्थाले समाजका जेष्ठ महिला सदस्यहरू ज्ञान कुमारी श्रेष्ठ , हर्क कुमारी श्रेष्ठ , इन्द्र कुमारी श्रेष्ठ , पदम कुमारी श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
अधिवेशन अन्जना ताम्राकारको अध्यक्षता तथा दिलीप कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा रीता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै, लक्ष्मण श्रेष्ठ,तीर्थ नारायण श्रेष्ठ, कमल उदाश , भगवती श्रेष्ठ लगायतले समेत शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन भवन निर्माण समितिका संयोजक राज कुमार श्रेष्ठ र सचिव फुलमाया श्रेष्ठले संयुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.