‘नेयामसंघ’का केन्द्रीय सदस्य कामत पदमुक्त

दमक,११ फागुन । नेपाल यातायात मजदुर संघले आफना केन्द्रीय सदस्य रमेशकुमार कामतलाई कारवाही गरेको छ । संघको आचरण विपरीत विभिन्न गतिविधि गरि संगठनलाई अहित हुने कार्य गरेको भन्दै संघबाट पदमुक्त गरेको हो ।
संघका केन्द्रीय अध्यक्ष धर्म भण्डारीले कामतले आचरण विरुद्ध काम गरेको, संगठन भित्र गुटउपगुट गरि संस्था कमजोर बनाएको भन्दै १० फागुनदेखि नै लागू हुने गरि कारवाही गर्नुका साथै एक साता भित्रमा लिखित स्पष्टीकरण दिन परिपत्र गरिएको उल्लेख छ ।संघले विधानबमोजिम राष्ट्रिय समितिको सदस्यमा दमक निवासी कामतलाई मनोनित गरिएको थियो ।
संघले तोकिएको समयसिमा भित्र स्पष्टीकरण चित्तबुझदो नबुझाए विधानको परिच्छेद २ को ८ अनुसार साधारण सदस्य नरहने गरि कारवाही हुने उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published.