किरातेश्वर धाममा सप्ताहव्यापी महायज्ञ समापन

दमक ,९ फागुन । झापाको कमल गाउँपालिका- ५ स्थित  शिवज्योति सिद्ध किरातेश्वर धाम संस्थाले आयोजना गरेको सप्ताहव्यापी शिवपुराण ज्ञान महायज्ञ समापन भएको छ ।धाम परिषरमा आयोजना गरिएको शिवपुराण ज्ञान महायज्ञ गत आइतवार समापन गरिएको हो । गत फागुन १ गते महायज्ञको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरेका थिए ।
महायज्ञ आयोजक समितिका संयोजक माधव श्रेष्ठका अनुसार महायज्ञमा मुख्यकथावाचक चारधाम अखण्ड ज्योति माङमालाङका १०८ गुरु भगेन्द्र याहाङछुङ माङपाहाङ राई र धामकी प्रमुख गुरु कृष्ण शेर्माले दैनिक मण्डप सेवा पूजा गरेका थिए ।
धाम सञ्चालनमा सहयोग पुरयाँउने उद्देश्यले महापुराणको आयोजना गरिएको अध्यक्ष चन्द्रसिंह राईले बताए । उनले धाममा लामोसमयदेखि महापुराण गरिआएको जनाए । महायज्ञमा कथाश्रवणका लागि ठुलो संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.