राष्ट्रिय बहुमुखीमा वित्तिय साक्षरता सम्बन्धी अन्तरकृया

दमक, ७ फागुन । दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज शेयर सदस्यहरुलाई लक्षित गरि वित्तिय साक्षरता सम्बन्धी अन्तरकृया गरेको छ ।संस्थाको शिक्षा उपसमितिको आयोजना तथा आफनै सभाहलमा भएको प्रतिनिमूलक अन्तरकृयामा दुई दर्जन बढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
अन्तरकृयामा संस्थाका व्यवस्थापक लीलाराज तुम्बापोले संस्थाको वर्तमान अवस्था, भावी कार्ययोजना प्रस्तुत गरेका थिए । देशभरि आएको आर्थिक तरलताका बीच यस सहकारीको कामकाज मजवुत रहेको उनले दावी गरे । यस किसिमको अन्तरकृयालाई नियमित रुपमा सञ्चालन गरिने व्यवस्थापक तुम्बापोले जनाएका छन् ।
२०५६ सालमा स्थापना भएको उक्त सहकारीमा अहिले १५ सय बढी शेयर सदस्य छन् ।
अन्तरकृयामा सहभागि शेयर सदस्यहरु क्याप्टेन वीवी राई,लेखा संयोजक मणिकुमार राई, पारषमणि राई, बिष्णु सुब्बा, ऐमनसिंह लावती लगायतले सहकारीको विषयमा जिज्ञासासहित सुझाव राखेका थिए ।
शिक्षा उपसमितिका संयोजक दिपेनवाला राईको अध्यक्षतामा भएको अन्तरकृयामा संस्थाका अध्यक्ष धनराज राई, उपाध्यक्ष एलडी राई, पूर्व अध्यक्ष जितमान राई,सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको सञ्चालकम सदस्य राजन लिम्बूले बताए ।

Leave a Reply

Your email address will not be published.