प्रेस यूनियन क्षेत्रीय समितिको अध्यक्ष पौडेल

दमक ,६ फागुन । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकको अध्यक्षमा बिष्णु पौडेल चुनिएका छन् । शनिवार इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा नगेन्द्रमणि न्यौपाने, महिला उपाध्यक्षमा शान्ति सुब्बा, सचिव सन्तोष विष्ट र कोषाध्यक्षमा नवराज न्यौपाने चुनिएका छन् ।

यसैगरि, सदस्यहरुमा युवराज रेग्मी, दिलकुमारी राई, प्रकाश चम्लागाई र देव तिम्सीना चुनिएका छन् ।

यूनियनको अधिबेशनले निवर्तमान अध्यक्ष विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकार समितिको सदस्यहरुमा गिरीराज भट्टराई, शेसेहाङ फियाक,बेणुप्रसाद अधिकारी र आत्मराम राजवंशी चुनिएका छन् । यूनियनको नेतृत्व चयन गर्न अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

बनभोजसहितको अधिबेशनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, यूनियनकी केन्द्रीय सचिव रोजिना रोदन,प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, कांग्रेस प्रदेश १ का सदस्य भूमिराज राई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई,प्रेस चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती,प्रेस सेन्टरका प्रदेश सचिव चिरन्जीवि घिमीरे लगायतले बोलेका थिए । वेणु अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा यूनियनका सदस्यहरु, विभिन्न पत्रकारजन्य संगठनका प्रतिनिधि गरि जिल्लभरिका एक सय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.