दमक,५फागुन । झापाको दक्षिणी क्षेत्रका किसानहरु जंगली जनावरबाट हुने उपद्रोका कारण दैनिकजसो हैरानी भोग्य बाँध्य भएका छन् ।दमक वडा नं. १० को प्रगतिशील टोलमा नजिकैको जंगल तथा काँसघारीबाट आउने जंगली जनावरले हरेक रात जसो कृषि उपजमा क्षति पु¥याउँदै आएको किसानहरुको गुनासो छ ।
नजिकै रहेको रमा सामुदायिक वन तथा रतुवा खोला किनारको काँस घारीबाट आउने जनावरले रोप्न लागेको धानको व्याडनै नष्ट पार्ने गरेको छ । स्थानीय किसान नगेन्द्र न्यौपानेका अनुसार कतिपय किसानको व्याड जनावरले नष्ट गरे पछि दोहो¥याएर राख्नु परेको छ ।
यस्तै मकै बालीमा समेत जंगली जनावरले नोक्सानी पु¥याउने गरेका छन् भने खन्ने बेलाको आलु समेत जनावरले खाने र नष्ट पार्ने गरेको अर्का किसान गोविन्द न्यौपानको भनाई छ ।
जंगली जनावर धपाउन केहि किसानले घर पालुवा कुकुर छोड्ने गरे पनि वाली नष्ट पार्ने जनावरले कुकुरलाई समेत आक्रमण गर्ने गरेको किसानहरुको बुझाई छ ।
बारीमा देखिने पाईला र नोक्सानीको प्रकृतिको हेर्दा जंगलबाट बँदेलको हुलनै आउने गरेको किसानको अनुमान छ । तर अहिलेसम्म त्यसरी आउने जनावर भने नदेखिएको स्थानीयले बताएका छन् ।