दमक , ४ फागुन । दमक -५ स्थित मदरल्याण्ड अंग्रेजी बोर्डिङ स्कूलले आज विहिबार बार्षिक पुरस्कार वितरणसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
स्कुलले आफनो बार्षिक कार्यक्रम अनुसार गत शैक्षिक सत्रमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै अतिरिक्त कृयाकलाप अन्तर्गत खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिएको प्रिन्सीपल सुरेन्द्र न्यौपानेले बताए ।
विद्यालयका निर्देशक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बुढाथोकीको अध्यक्षता तथा दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत,नृत्य तथा साहित्य सम्बन्धी कविताहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न विभिन्न खेलकुदका कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो ।