दमक ,४ फागुन । दमक -८ घर भई हाल रोजगारीका क्रममा इजरायलमा बस्दैआएका फूटबलका राष्ट्रिय खेलाडी सुन्दर नेपालले फूटवल खेलको विकासका निम्ति यहाँको एक क्लवलाई आर्थिक तथा अन्य दुई वटा संस्थालाई फूटवल प्रदान गरेका छन् ।
लामोसमयदेखि फूटबलमा क्रियाशील नेपालले आफूले आर्जन गरेको पारिश्रमिकबाट स्थानीय धु्रवतारा स्पोर्टिङ क्लवलाई २० हजार तथा १० थान फूटवल प्रदान गरेका हुन् । उनी नेप्लिज कम्यूनिटी फूटवल इजरायलका अध्यक्ष समेत हुन् । उनी मार्फत आफना मातापिता हर्कबहादुर र देवी नेपालले क्लवको निर्माणाधीन भवनका लागि रु २० हजार र बिमल गुरुङको लिटल किकर एकाडेमी र दमक–लखनपुर भेटरन क्लवलाई ५-५ थान फूटवल प्रदान गरेका हुन् ।
एकबेला निकै चर्चित मानिएको धु्रवतारा स्पोर्टिङ क्लवले दमक -८ मा आफनो दुई तले पक्की भवन निर्माणाधीन अवस्थामा छ । खेलकुद विकासमा योगदान पुरयाँउन क्लव तथा अन्य फूटबलका संस्थालाई ती सहयोग उपलव्ध गराइएको नेपालले बताएका छन् । यसअघि समेत उनले आफना ठाउँको खेलकुद तथा अन्य सामाजिक कार्यमा समेत सक्दो सहयोग पुरयाँउदैआएका छन् ।