ट्याक्टरले किचेर सह–चालकको मृत्यु

उर्लाबारी , ४ फागुन । मोरङको लेटाङ नगरपालिका–३ मा ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ ।मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भित्री सडक खण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ३०९९ नम्बरको ट्याक्टरले किच्दा बुधवार दिउँसो सहचालक मिलन राईको मृत्यु भएको हो ।
सह–चालक लेटाङ–३ का १६ वर्षीय मिलन राई गुडिरहेको ट्याक्टरबाट लडेका थिए । ट्याक्टरबाट लडेपछि ट्याक्टरको चक्काले किच्दा राईको टाउको र मुखमा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटना लगत्तै ट्याक्टरलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ । ट्याक्टरका चालक फरार छन् ।

Leave a Reply

Your email address will not be published.