दमक ,२८ माघ । साहित्य कला सङ्गम दमकका कोषाध्यक्ष समेत रहेका साहित्यकार ओम प्रसाद खनालको ‘निलो आकाश ’कविता सङ्ग्रह लोकार्पण गरिएको छ । शनिवार एक समारोहका वीच श्रष्टा खनालको उक्त कविता संग्रह लोकापर्ण गरिएको हो ।
कविता सङ्ग्रहको दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी , आसम नेपाली साहित्य सभाका केन्द्रीय अध्यक्ष दुर्गा खतिवडा ,साहित्य सुनौ परिवार मिरिकका सदस्य अजम प्रधान,नेपाली साहित्य मञ्च दिल्लीका सदस्य टासी शेर्पा, प्रतिभा निकेतन दमकका अध्यक्ष मेघराज तिम्सिनाले संयुक्त रुपमा लोकापर्ण गरेका थिए ।
साहित्यकार यादव प्रसाद अधिकारी झाक्रिखोलेले उक्त प्रकाशित कृति माथि समिक्षात्मक टिप्पणी गरेको उक्त कार्यक्रममा साहित्यकार डा. गोपाल प्रसाद भण्डारी, धन्नजय बास्कोटा,कमल प्रसाद वस्तीले शुभकामना मन्तव्य राखेका थिए।
यसरी नै कवि गोपाल प्रसाद दहाल र दुर्गा काफ्लेले निलो आकाशका कविताहरु वाचन गरेका थिए ।साहित्यकला सङ्गम दमकका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमका उपाध्यक्ष विन्दु दाहाल मुकदर्शकले स्वागत गरेका थिए भने असम नेपाली साहित्य सभाका उपाध्यक्ष केपी भुसाल , महासचिव मदन थापा, दमकका साहित्यकारहरु राम नेपाल, बिरेन्द खडका,अम्विका प्रसाद सापकोटा डा. लेखनाथ न्यौपाने, पुस्ता राई ,भक्तादेवी दाहाल ,मेघनाथ बन्धु लगायतको उपस्थिति रहेको थियो ।