दमक,२६ माघ । जंगे किल्ला इन्फिलडर्सले इलामको चुलाचुली -५ शिखरकटेरीस्थित बाँझोगाउँ माध्यमिक विद्यालयका एक सय बढी विद्यार्थीहरुलाई जुत्ता वितरण गरेको छ । इन्फिलल्डर्समा आवद्ध युवाहरुको एक टोली विद्यालयमा पुगेर १ सय ३० जना विद्यार्थीलाई जुत्ता ,मोजा वितरण गरेको आयोजक यमुना श्रेष्ठले बताईन् ।ती जुत्ताहरु वडाअध्यक्ष बबिकुमार राई, जंगे किल्ला इन्फिलल्डर्सका सदस्यहरुलगायतले हस्तान्तरण गरेका थिए ।
यसअघि समेत जंगे किल्ला इन्फिलडर्सले विभिन्न सामाजिक कार्यमा सहयोग पुरयाँउदै आएको उनले बताईन् । दमकका सामाजिक व्यक्तित्व गोपाल चेम्जोङ ,योगेश केरुङ,पारष खड्कालगायतका सृजनशील युवाहरु मिलेर सन् २०१९ मा जंगे किल्ला किल्ला इन्फिलडर्स गठन गरेका हुन् ।
