कुरुम्बेली सेवा समाज संघ दमकको बार्षिक साधारणसभा

दमक ,२२ माघ । कुरुम्बेली सेवा समाज संघ दमकको शनिवार चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । किरात भवनमा भएको साधारणसभाको बन्दसत्रले एक जना जेहेन्दार विद्यार्थी, दुई जना ज्येष्ठ सम्मानसहित संस्थाको सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको संघका प्रवक्ता गगन लावतीले जानकारी दिए ।
संस्थाका अध्यक्ष ऐमानसिंह लावतीले अध्यक्षतामा भएको साधारणसभामा संघमा आवद्ध सदस्यका परिवारबाट एसईई परीक्षामा उच्चतम अंक ल्याई उत्तीर्ण हुने विद्यार्थी खुसी योङहाङ ,ज्येष्ठ सदस्यतर्फ महाप्रसाद लावती र फममाया चेम्जोङलगायतलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङकी संघीय सदस्य इक्सा सम्बाहाम्फेले सम्मान पत्र,दोसल्ला ओढाएर सम्मानित गरेकी थिइन् । संस्थाका उपाध्यक्ष रुपधन राईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा प्रेमपुत्र लावती, रुकमान कुरुम्बाङ लगायतको उपस्थिति रहेको थियो ।
पाँचथर कुरुम्बा घर भई हाल दमकमा बस्दैआएका कुरुम्बेलीहरुले सामाजिक कार्यमा सहयोग पुरयाँउने हेतुले संघ स्थापना गरि विभिन्न गतिविधिहरु गरिआएको सचिव धिरेन लावतीले बताए ।

Leave a Reply

Your email address will not be published.