शिक्षक संघ दमकमा दाहाल,शिवसताक्षीमा सुब्बा

दमक ,२१ माघ । नेपाल शिक्षक संघ दमक नगर समितिको अध्यक्ष बब्रुवान दाहाल चुनिएका छन् ।संघको आज सम्पन्न तेश्रो अधिबेशनले दाहालको अध्यक्षतामा २७ सदस्यीय नगर समिति गठन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मेदनी खनाल,महिला उपाध्यक्षमा नम्रता निरौला , सचिवमा भिमराज दाहाल र अर्थ सचिवमा मैना सुवेदी लगायत रहेका छन् ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित अधिबेशनको उद्घाटनमा शिक्षक संघ जिल्ला समन्वय झापाका अध्यक्ष नेत्र खरेल,नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि प्रकाश भण्डारी लगायतले शिक्षक संघको भूमिका माथि चर्चा गरेका थिए ।
त्यस अवसरमा संघलाई योगदान पुरयाँउने अग्रजहरुलाई समेत सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष दाहालले बताएका छन् ।
शिवसताक्षीको अध्यक्षमा सुब्बा
यसैगरि, आजनै संघको शिवसताक्षी नगर समितिले नयाँ नेतृत्व चुनेको छ । आज सम्पन्न संघको दोश्रो नगर अधिबेशनले विष्णुकुमार सुब्बाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
२७ सदस्यीय निर्वाचित समितिको खुला उपाध्यक्षमा भुपेन्द्र ताजपुरिया, महिला उपाध्यक्षमा लीला गेलाल,सचिवमा दुर्गाप्रसाद दाहाल,अर्थ सचिवमा काजी पाठक, पाँच सहसचिवतर्फ क्रमशः दिलीप ताजपुरिया (खुल्ला ),अञ्जु गौली योङहाङ(महिला ),अकलबहादुर भुजेल( समावेशी ),सन्तोष लावती(समावेशी ),अर्थसहसचिवमा रेणुका खतिवडा लगायत चुनिएका छन् ।

महासंघका केन्द्रीय प्रतिनिधि प्रकाश भण्डारीका अनुसार झापाको १५ वटै पालिकामा संघले आफनो अधिबेशन सम्पन्न गरिसकेको छ । दोश्रो जिल्ला अधिबेशन माघ २८ गते तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published.