टिपरको ठक्करबाट १८ महिने बालिकाको मृत्यु

पथरी,११ माघ । टिपरको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा एक जना १८ महिने बालिकाको मृत्यु भएको छ ।सडकदेखि केहि मिटर पर खेलिरहेकी बालिकालाई को १ ख ६८२५ नम्बरको ट्रिपरले ठक्कर दिएपछि घटनास्थलमै बालिकाको मृत्यु भएको हो ।

ठक्करबाट सुन्दरहरैँचा १२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घटना पछि टिपर आतंक बन्द गरिनुपर्ने , मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने जस्ता माग राख्दै आफन्तहरूले केहि समय प्रदर्शन समेत गरेका थिए ।घटनापछि ट्रिपर र चालक केराबारी गाउँपालिका १० का ३५ वर्षे राजकुमार लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.