गफ होइन, काम गर्नका लागि मेरो उम्मेदवारी : योङया ( प्रथम उपाध्यक्षका उम्मेदवार )

दमक,४ माघ । राजकुमार योङया दमकको व्यवसायी वृतमा चिनिएको नाम हो । दमकलाई कर्मथलो बनाएर लामोसमयदेखि व्यवसायिक क्षेत्रमा उदाएका युवा व्यक्तित्व हुन् उनी ।
यहि माघ ६ गते हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक व्यवसायीहरुको प्यानलबाट उनले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उक्त प्यानलबाट अध्यक्षमा देवी प्रसाद गुरागाई (गोपाल ) रहेका छन् ।
राज टे«डसका सञ्चालक युवा व्यवसायी योङया दमक १ मा परिवारसहित बस्दैआएका छन् । दमक उद्योग वाणिज्य संघ (२०७३ ) मा कार्यसमिति सदस्य,२०७६ सालको निर्वाचनदेखि उनी वाणिज्य संघको द्धितीय उपाध्यक्षको जिम्मेवारी सम्हालिआएका छन् ।
व्यवसायीका सुखदुखमा दत्तचित भई काम गरिआएका उनी थप जिम्मेवारी सम्हाल्नका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । आफनो उम्मेदवारी पदका लागि तथा कुर्सीमा मात्र गमक्क बस्न नभएको भन्दै उनले भने , –‘दमकका समग्र व्यवसायीहरुको समस्यासंग जुध्नका लागि मैले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । तपाई सवै व्यवसायीहरुको साथ र सहयोगको अपेक्षा गरेको छु’
हरेक संघसंस्थामा बसेर काम गर्दा स्वभावले मर्यादाक्रम अनुसार आफूलाई रुपान्तरित गर्ने अभ्यास भएकाले पनि यहाँ मैले त्यसै अनुसार आफूलाई योग्य ठानेर चुनावी मैदानमा होमिएको उनको भनाई छ । काम गर्नका लागि आफूले उम्मेदवारी प्रस्तुत गरेको उनको दावी छ । आम दमकका व्यवसायी साथीहरुले को ठिक ,को बेठिक सजिलै छुट्याउन सक्ने भन्दै उनले अव निर्वाचनमार्फत उम्मेदवारलाई परीक्षण गर्ने समय आएको सुनाए ।
संघमा वर्तमान समिति उल्लेखीय काम गरेको दावी गर्दे उनले अव आउने नेतृत्वले समेत संघको गरिमा र यहाँका व्यवसायीहरुको भरोसा गर्ने साझा संस्थाका रुपमा विकास गर्न चुनौती भएको औल्याए । दमकमा उद्योग व्यवसायीहरुको करसहित विभिन्न पेशागत समस्या भएकाले त्यसलाई सम्बोधन गर्न सक्ने उम्मेदवार भनेका गुरागाई नेतृत्वको टिम मात्र सबल भएको उम्मेदवार योङया बताउँछन् । उनले भने, –‘राजनीति भन्दा माथि उठेर व्यवसायीका दर्विलो सारथीका रुपमा वाणिज्य संघलाई विकास गर्न खाँचो छ , त्यति काम गर्ने सक्नेलाई जिताउनुहोस्’
आफूले जितेको खण्डमा वाणिज्य संघको सक्रियतामा दमकलाई प्रदेश १ कै औद्योगिक तथा व्यापारिक हबको रुपमा विकास गर्न दिर्घकालीन योजनामा ढृणताका साथ लाग्ने ,घरबहाल र घरबेटीवीच सहजता ल्याउन कानुन निर्माणमा जोड दिने,करलाई सहज बनाउन पहल गर्ने,घरेलु तथा वाणिज्य कार्यालय दमक क्षेत्रमै स्थापना गर्न पहल गर्ने लगायतका व्यवसायीक मुद्याहरु पूरा गराउन लाग्ने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.