दमक,२५ पुस । अमेरिकामा भएको सडक दुर्घटनामा परेर नेपालीभाषी भुटानी शरणार्थी बाबु छोराको मृत्यु भएको छ ।ओहायोमा गत जनवरी ३ का दिन अस्पताल जाने क्रममा कार दुर्घटना हुदाँ गोपिलाल न्यौपानेसहित उनका छोरा रोनितको निधन भएको हो । उनीहरु दमकको बेलडाँगी शरणार्थी शिविरबाट सन् १९६६ मा अमेरिका पुर्नावास भएका थिए ।
नेपालमा झापाको बेलडाङ्गी क्याममा लामो समय बसेका गोपिलाल १९६६ मा भुटानमा जन्मिएका थिए । उनका छोरा रोनित भने १९९४ मा शिविरमै जन्मिएका हुन् । गोपिलालले दुई फरक कम्पनीमा काम गर्दै आएका थिए भने छोराले आफ्नै रेस्टुरेन्ट ब्यवसाय गर्ने तयारी गरिआएका ‘भुटनीज न्यूज’ फेसबुक पेजमा उल्लेख छ ।