लखनउमा बस दुर्घटना हुदाँ १४ नेपालीको मृत्यु

झापा ,२५ पुस (एजेन्सी ) । भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउमा बस दुर्घटना हुँदा १४ नेपाली यात्रुको मृत्यु भएको छ ।भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएको भारतीय प्रहरीले जानकारी दिएको छ ।
मृतकमध्ये एक टीकापुर नगरपालिका–१ का चन्द्रबहादुर साउद रहेको र उनका परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएको प्रहरीले जनाएको छ । उनीबाहेक मृतक अन्यको भने पहिचान खुल्न सकेको छैन् ।
बस भारतको गुजरातबाट नेपाली यात्रु लिएर टीकापुर आइरहेको थियो । बसलाई विपरीत दिशातर्फ जाँदै गरेको अर्को सवारीसाधनले ठक्कर दिएको भारतीय प्रहरीले बताएको छ ।
बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको दाबी छ । बसमा नेपालीसँगै भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.