झिलझिले ,३ पुस । सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिको अध्यक्षमा तुलाराम बोखिम निर्वाचित भएका छन् । बोखिम ३ सय ५० मतसहित सताक्षीधाम संस्थाको अध्यक्षमा भारी मतका साथ निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा ३०६ मत ल्याई उदयप्रकाश राई निर्वाचित भएभने सचिवमा कालीप्रसाद रिजाल (३५३ ) , सहसचिवमा झमक बहादुर गौतम (२७८) मतसहित बिजयी भए । समितिको कोषाध्यक्षमा मदन मोहन अधिकारी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्षमा बोखिमले निर्वतमान अध्यक्ष प्रसाद सुब्बा र रुद्रमणी भट्टराईलाई पराजित गरेका हुन् । सुब्बाले २ सय १८ र भट्टराईले ९८ मत ल्याएका थिए ।आगामी दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय समितिको शनिबार सताक्षीधाम परिसरमा सम्पन्न भएको मतदानमा कुल ६ सय ८४ मत खसेको थियो । अध्यक्ष पदका उम्मेदवारमा १५ मत बदर भएको निर्वाचन समितिका संयोजक दिपकप्रसाद न्यौपानेले जानकारी दिए ।
त्यसैगरी, समितिको उपाध्यक्षमा उदयप्रकाश राईले कृष्णप्रसाद खरेल (२३४) , पर्वत थुलुङ राई (७६ ) र पशुराम खतिवडा (३२ ) मत प्राप्त गरेका थिए ।उपाध्यक्षमा निर्वाचित राई संस्थाका निर्वतमान सचिव हुन् । उनी धाम समितिमा यसअघि कार्यसमिति सदस्य, सहसचिवहुदै सचिव र उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
सचिवमा रिजालले कृष्ण कुमार श्रेष्ठ (१८९), नारायणप्रसाद अधिकारी (११२) मत पाएका थिए । रिजाल दुधेस्थित राष्ट्रिय रमर्णिय आदर्श माविबाट अवकास प्रधानध्यापक हुन् । श्रेष्ठ समितिका निवर्तमान कोषाध्यक्ष हुन् भने अधिकारी झिलझिलेका व्यवसायी हुन् ।
सहसचिवमा पराजित हुने गणेश श्रेष्ठले २०० र नेत्रप्रसाद तिम्सिनाले १६६ मत ल्याएका थिए । यता, सताक्षीधाम विकास समितिको सदस्यहरुमा महिलातर्फ तारा प्रसाई र तारादेबि मेहता ,खुल्ला सदस्यहरुमा समिर चापागाई, बेधनिजी बास्तोला , कुवेर लुइटेल, डिकबहादुर बुढाथोकी, गणेश भेटुवाल र पशुराम खरेल निर्वाचित भएका छन् ।-