कियाचुद्वारा याक्थुङ्बा र खजुमलाई पुरस्कार प्रदान

उर्लावारी,२५ मङ्सिर । किरात याक्थुङ् चुम्लुङ्ले वितरण गर्दै आएको कियाचु किरात सिरिजङ्गा पुरस्कार र कियाचु उदयकला पुस्कार यसवर्ष साहित्यकार मलिसा याक्थुङबाको लिम्बू भाषा निबन्ध संग्रह केयुक्ना र आयुक्ना तथा अभिनेत्री शोभा खजुमको थत्थामा चलचित्रलाई प्रदान गरिएको छ ।
कियाचु संघीय समितिको आयोजनामा मोरङको उर्लाबारीस्थिते आम्बारीमा शनिवार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.१ का प्रदेश प्रमुख परशुराम खापुङ्ले साहित्यकार याक्थुङ्बालाई कियाचु किरात सिरिजङ्गा पुरस्कार र अभिनेत्री शोभा खजुमलाई कियाचु उदय कला पुरस्कार प्रदान गरेका हुन् । यसै अवसरमा प्रमुख अतिथि खापुङ्ले साहित्यकार सेसेमी सेनाल्वोलाई लिम्बु भाषा उच्च माध्यमिक शिक्षा बोर्ड प्लस टु मानार्थ प्रमाण पत्र हस्तान्तरण गरे ।
खापुङ्ले साहित्यकार याक्थुङ्बालाई २५ हजार नगद, प्रमाण पत्र सहित कियाचु किरात सिररिजङ्गा पुरस्कार र अभिनेत्री शोभा खजुमलाई १० हजार, प्रमाण पत्र सहित कियाचु उदय कला पुरस्कार प्रदान गरे ।
चासोक तङ्नामको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गदैं किरात सिरिजङ्गा लिपि, साहित्यको प्रचार प्रसारमा मारिएका शहिद राष्ट्रिय विभूति त्येअङ्सी सिरिजङ्गा सिंथेबेप्रति श्रद्धाभाव व्यक्त गरे । उनले हाम्रो नेपाल विभिन्न जातजातिको सामाजिक, धार्मिक र सांंस्कृतिक विधितताको सुन्दरताले सजिएको समेत उल्लेख गरे । लिम्बू भाषा साहित्यको सन्दर्भमा किरात सिरिजङ्गा लिपि र साहित्यलाई उत्थान र विकास गर्दै जाने क्रममा मारिएका सहिद् त्येअङ्सी सिरिजङ्गा सिंथेचासोक तङ्नामसँगै सहिद सिररिजङ्गा सिंथेबेको ३१८ औं जनम जयन्ती पर्न गएको प्रसंग उल्लेख गदैं उनले विभूति थेबेको योगदानलाई उच्च महत्वका साथ सम्मान गर्नुपर्ने औल्याए।
त्यसैगरी मोरङ उर्लावारी नगरपालिकाका प्रमुख गंगा फुयलले आदिवासी जनजाति लिम्बू याक्थुङको महान पर्व चासोक तङ्नामको अवसरमा शुभकामना व्यक्त गरे । धार्मिक, सांस्कृतिक, भाषा, साहित्य र लिपिको संरक्षण संबद्र्धनमा स्थानीय सरकारको तर्फबाट सहयोग गर्न सकिनेसम्मको सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।
पुरस्कार ग्रहण गदैं साहित्यकार याक्थुङ्बाले लिम्बू भाषालाई नेपालको संविधानले व्यवस्था गरे अनुरुप स्थानीय सरकारले पनि व्यवस्था गरेर सरकारी विद्यालयहरुमा पठन पाठन गर्ने व्यवस्था गर्न, गराउन स्थानीय सरकारलाई अनुरोध गरे। उनले अहिलेको संविधानले व्यवस्था गरेको अनुरुप पनि राज्यले भाषा, लिपि, साहित्यको विकासमा औपचारिक रुपमा काम गरेन भने लिम्बु याक्थुङ् समाजमा अन्याय हुने कुरा बताए।
किरात याक्थुङ् चुम्लुङ् संघीय समितिको आयोजनामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले पुरस्कृत द्धय साहित्यकार मलिसा याक्थुङ्वा र अभिनेत्री तथा निर्माता शोभा खजुमको जीवन चर्चा गरेका थिए ।
संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कियाचु संघीय महासचिव निरन्ती तुम्वापो ,संघीय उपाध्यक्ष डा.कमल तिगेला लगायतले बोलेका थिए।
कियाचु उर्लावारी नगर कार्य समितिको आयोजनामा आयोजित तीनदिने आम्बारी चासोक तङ्नामको समापनको अवसरमा कियाचु उर्लाबारी नगर समितिको व्यवस्थापनमा सम्पन्न गरिएको पुरस्कार वितरण कार्यक्रम कियाचु उपमहासचिव डा.योगेन्द्र पालुङ्वाले सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published.