प्रदेश १ मा घरेलु हिंसाका घटनामा बृद्धि

झापा,२४ मंसिर । प्रदेश १मा पछिल्लो एक वर्षमा एक हजार ३ सय ३३ वटा घरेलु हिंसाका घटना घटेको पाइएको छ । लैङ्गिक हिंसामा घरेलु हिंसा सबैभन्दा धेरै ७८.८२ प्रतिशत रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
देशभर घरेलु हिंसाका १७ हजार मुद्दा तथा उजुरी दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । घरेलु हिंसा मधेश प्रदेशमा धेरै छ । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा घरेलु हिंसाको अवस्था कम रहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाबाट २६ देखि ३५ उमेर समूहका ३८.३४ प्रतिशत महिला पीडित रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै १९ देखि २५ वर्ष उमेर समूहका २८.३१ प्रतिशत महिला पीडित रहेको बताइएको छ । घरेलु हिंसामा संलग्न २६ देखि ३५ उमेर समूहका पुरुष पीडत धेरै छन् ।
घटनामा शैक्षिक योग्यताको आधारलाई विश्लेषण गर्दा सामान्य लेखपढका ८०.९१ प्रतिशत महिला पीडित छन् भने सामान्य लेखपढका ८४.८४ प्रतिशत पुरुष पीडक संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

५१२ जवरजस्ती करणीका मुद्दा

पछिल्लो एक वर्षमा देशभर २ हजार २ सय ८० वटा जवरजस्ती करणीका घटना भएका छन् भने ६ सय ५५ वटा करणीको प्रयास भएको प्रहरीले जनाएको छ ।त्यसमध्ये प्रदेश १मा मात्रै ५ सय १२ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने १ सय ४१ वटा जवरजस्ती करणीको प्रयास भएको प्रहरीको तथ्यांकमाा जनाएको छ ।

अझै पनि हिंसाकै दलदलमा महिला

महिलाले अकालमै ज्यान गुमाउने र बलात्कार जस्तो जघन्य अपराधमा परेर शारीरिक र मानसिक तनाब झेल्नुपरेको छ । प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो समयमा महिला हिंसाको घटना डरलाग्दो तरिकाले बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७६- ०७७मा १५ हजार सात सय ५५ महिला हिंसाका घटना भएकामा आर्थिक वर्ष २०७७ – ०७८मा १८ हजार नौ सय ६१ घटना भएका छन् । एक आर्थिक वर्षमै तीन हजार दुई सय पाँच घरेलु हिंसाका घटना बढेको छ ।
आर्थिक वर्ष २०७८-०७९मा २१ हजार चार सय ५१ छ । यो वर्ष दुई हजार चार सय ९० घटना बढेको तथ्याङ्क छ । पछिल्ला दुई वर्षमा जबर्जस्ती करणी उद्योगका घटना पनि उत्तिकै बढेको पाइन्छ । आव २०७७-०७८मा दुई हजार पाँच सय ३२ भएका छन् भने आव २०७८-०७९ मा दुई हजार तीन सय ८० छन् ।

Leave a Reply

Your email address will not be published.