भोजपुर, १२ मङ्सिर । भोजपुर निर्वाचन क्षेत्र न.१ को प्रदेशसभा (ख )मा नेपाली कांग्रेसका उम्मेदवार विनोद बान्तवा राई विजयी भएका छन् ।उनले १३ हजार ५९० मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । राईका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खड्गबहादुर कार्कीलाई ७ सय ५१ मतान्तरसहित जित हासिल गरेका हुन् ।
वान्तावाले १३ हजार ५ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कार्कीले १२ हजार ८ सय २८ मत ल्याए । प्रदेशसभा २ मा २९ हजार ४७४ मत खसेको थियो । जसमध्ये सदर मत २८ हजार ३ सय २५ र बदर १ हजार १ सय ४९ छ ।
वाम किल्लाका रुपमा रहेको भोजपुरमा कांग्रेसले ६४ वर्षपछि चारतारे झन्डा फहराउन सफल भएको छ । २०१५ सालपछिका हरेक संसदीय निर्वाचनमा उपविजेताका रुपमा चित्त बुझाएको कांग्रेसले यसपटक भने जित हात पारेको हो ।