उम्मेद्वार पुरी भन्छन्ः भ्रममा नपरौं, विकासका योजना पूरा गर्ने हामीले नै हो’

 

दमक, १२ कार्तिक । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट झापा निर्वाचन क्षेत्र नं ५ ( २ )  प्रदेश सभा सदस्य पदका उम्मेदवार रेवतराज (गगन ) पुरीले विकास निर्माणका योजना र ती योजनाहरु पूरा गर्न गठबन्धन सरकारले गर्ने बताएका छन्।

प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा नेता पुरीले आज दमकको उत्तरी क्षेत्रमा आयोजित चुनावी कोणसभासहितको घरदैलो कार्यक्रममा बोल्दै पुरीले देशलाई समृद्धि र विकासतर्फ डोरयाँउन दलीय गठबन्धन गर्नुपरेको भन्दै अव परिर्वतन चाहने नेपाली जनताले निर्वाचनमार्फत थप प्रमाणित गर्नुपर्ने बेला आएको बताए । एमाले पहिचान विरोधी पार्टी भएको र त्यसले आदिवासी जनजातिको स्वाभिमानलाई कहिल्यै आत्मासात गर्न नसक्ने उनको भनाई थियो ।
कमल गाउँपालिका ५ पाडाजुङ्गीमा रहेको आदिवासी जनजाति रंगशाला बनाउने भन्दै आदिवासी जनजातिहरुलाई फेरी पनि अलमलमा पारिरहेको पुरीको आरोप छ । उनले एमालेले आदिवासी जनजातिहरुलाई अपमानित ढंङ्गमा निर्माणाधिन रंगशालालाई मदन भण्डारीको नाममा साट्न खोजको भन्दै कोही पनि भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘भ्रम पार्न सक्छन् तर कुनै पनि भ्रममा नपर्न आम जनतालाई म अनुरोध गर्दछु ।’

पुरीले रतुवा र मावा खोला तटबन्धन सहित ग्रिनबेल्ट निर्माण गरी हरियाली बनाउने योजना आफ्नो तर्फबाट ल्याएको भन्दै अहिले खोलाको आसपास रहेका सुकुम्बासीहरुलाई उठाउन खोजिएको भन्दै यस्तो हुन नदिने पनि प्रतिवद्धता जनाए ।
पुरीले दमक(रवी(चिसापानी सडकको स्तरन्नोती गर्न, रतुवा खोलाको कटान नियन्त्रण गर्न र दमक–२ मा निर्माणाधिन अवस्थाको बसपार्कलाई थप आधुनिकरण गर्न रतुवा खोलाको किनारामा सडकको पूर्वाधारलाई स्तरवृद्धि गरिने र हात्ती पीडित क्षेत्रमा तत्काल स्थानीयवासीसंंगको सहकार्यमा व्यवस्थित ढंङ्गले जङ्गल आसपासका घर गाउँलाई तारजाली निर्माण गरिने बताए ।

सो कार्यक्रममा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिक उम्मेदवार आइन्द्र केरुङले समेत स्थानीयवासीको समस्या र दमकवासीको भाग्य अनि भविष्यको निम्ति लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई बिजय गराउन आग्रह गरे ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेश सुब्बा, कांग्रेस क्षेत्रीय प्रदेश सभापति रवी न्यौपाने, रोशन बिष्ट, नेकपा (एकीकृत समाजवादी ) झापाका नेता टीका प्रसाई, दमक नगर अध्यक्ष महेश घिमिरे, नेकपा (माओवादी केन्द्र ) का नेता बेदु गौतम, दमक नगर अध्यक्ष रवि बस्नेत, कांग्रेस नेता सागर खनाल, दिपेश दाहाल, जीतुु धिमाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.