कियाचु झापाको नाम्लिङगे–लारिङ्गे समापन

दमक, १२ कार्तिक । किरात याक्थुङ चुम्लुङ झापाले सञ्चालन गरेको नाम्लिङ्गे–लारिङगे (देउसीभैली ) कार्यक्रम शुक्रवार समापन गरिएको छ ।लक्ष्मीपूजाका दिनदेखि शुरु गरिएको देउसीभैली शुक्रवार साँझ दमक १ स्थित सिरिजङ्गा टोलमा संक्षिप्त कार्यक्रम गरि समापन गरिएको हो ।
कियाचु संघीय सदस्य मानुदिङ् इक्सा सम्बाहाङ्फेको प्रमुख आतिथ्यमा समापन कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समितिका सल्लाहकार सेसेमी सेनाल्वो, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङ, सिरिजङ्गा टोलका अध्यक्ष चाँदनी सेर्मा, साहित्यकार रचना लावती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कियाचु झापा अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा सम्पन्न नाम्लिङ्गे–लारिङ्गे समापन कार्यक्रममा कियाचु झापाका उपाध्यक्ष कालीबहादुर खेवाङ्ले धन्यवाद मन्तव्य राखेका थिए ।
अध्यक्ष फियाकका अनुसार कार्तिक ८ गते दमकबाट प्रारम्भ भएको नाम्लिङ्गे–लारिङगे दमक, गौरादह, कमल, कनकाई, विर्तामोड, बार्हदशी, मेचीनगर, अर्जुनधारा र भद्रपुर नगर पालिकामा मैत्रीपूर्ण रुपमा खेलिएको थियो । विभिन्न क्षेत्रमा खेलिएको नाम्लिङ्गे–लारिङ्गे कार्यक्रमबाट रु १ लाख ८० हजार आर्थिक सहयोग सङ्कलन भएको अध्यक्ष सेसेहाङ् फियाकले जनाएका छन् । सङकलन भएको रकम संस्थागत विकास र मानवी हितका लागि खर्च गरिने समेत उनले बताए ।
चुम्लुङ् झापाको आयोजनामा आयोजित उक्त मैत्रीपूर्ण नाम्लिङ्गे लारिङ्गे कार्यक्रमले जिल्लाका विभिन्न नगर र गाउँ शाखासँग मित्रवत सम्बन्ध प्रगाढ हुनुका साथै संस्थागत सुदृढिकरणमा समेत सहयोग पुगेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.