सगरमाथा आधारभूत विद्यालयको अध्यक्षमा श्रेष्ठ

दमक, ११ कार्तिक । झापाको दमक -१० सेतुमारीस्थित सगरमाथा आधारभुत बिधालयको ब्यबस्थापन समितिको अध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ चुनिएका छन् । गत भदौ ६ गते बिधालयमा सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत चयन भएका ६ जना सदस्यहरु मध्येबाट श्रेष्ठ अध्यक्ष चुनिएको बिद्यालयका प्रधानाध्यापक समेत रहेका समितिका सदस्य सचिव हेमराज ढकालले जानकारी दिए ।
९ सदस्यीय व्यवस्थापन समितिको सदस्यहरुमा नेत्रप्रसाद न्यौपाने, दिनेश धिमाल, रन्जु देवान, शर्मिला धिमाल, किरण किस्कु रहेका छ्न् । यसैगरी समितिको अन्य दुई पदेन सदस्यहरुमा वडा प्रतिनिधि भूमिका आचार्य र शिक्षक प्रतिनिधि भिमप्रसाद दाहाल रहेका छन्।

Leave a Reply

Your email address will not be published.