उम्मेद्वार सिटौला मतदाताको घर आँगनमा

दमक, ११ कार्तिक । नेपाली काँग्रेसका नेता एवं झापा,क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिटौला मतदाताको घर आँगनमा पुगेर स्थानीयका समस्या सुन्दै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिटौला आफ्नो निर्वाचन क्षेत्रमा मतदाताको घरघरमा पुगेर मत माग्दै आफूहरुको एजेण्डाको विषयमा पनि स्थानीयलाई जानकारी गराउन थालेका हुन्। अघिल्लो निर्वाचनमा सिटौला मतदातासम्म नपुगेको गुनासो रहँदै आएको थियो । मतदाताहरु धेरै नै सचेत बन्नुभएको पाएको छु, सिटौलाले अघिल्लो निर्वाचनमा पराजय भोग्नुभएका सिटौला यो पटक गुनासो मेटाउँदै मतदाताको घरआँगनमा नै पुगिरहेको बताए ।
उम्मेदवार आफै घरआँगन पुग्दा नागरिकहरुमा धेरै नै उत्साह देखिएको स्थानीय काँग्रेस नेताहरुको भनाइ छ ।
सिटौलाको चुनावी प्रतिस्पर्धी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेको छ। गठबन्धनबाट सिटौला र एमालेको तालमेलबाट लिङ्देन प्रतिनिधि सभा सदस्यको उम्मेद्वार हुन् । एमालेबाट विद्रोह गरेर डम्बर गिरीले स्वतन्त्रबाट उम्मेद्वारी दिएपछि यहाँको राजनीतिक माहोल तातेको छ ।

सिटौलाले यो क्षेत्रमा परिवर्तनलाई संस्थागत गर्ने पक्ष र परिवर्तन विरोधी पक्षबीचको निर्वाचन जस्तै भएको विभिन्न ठाउँमा बताउँदै आएका छन् । उनले जनताले परिवर्तनको पक्षमा मत जाहेर गर्नेमा विश्वस्त रहेको वताए । जनताको अभिमत सही ठाउँमा जान्छ भन्ने विश्वास लागेको सिटौलाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.