झापा, ९ कात्तिक ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएका छन् भने अर्का एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा दमक -५ बस्ने निर्मल दास रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०१-०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट काकरभिट्टा तर्फ गइरहेको मे १ ख २३२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो।
मोटरसाइकलको पछाडि सवार सोहि वडाका सौरभ दासको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।दुर्घटनामा संलग्न बस र चालकलाई इलाका प्रहरी कार्यालय, झिलझिलेले नियन्त्रणमा लिएको छ।