उदयपुर, ९ कार्तिक । उदयपुरको दुई स्थानमा मोटरसाईकल दुर्घटनाहुदा २ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बेलका नगरपालिका १ स्थितमा प्रदेश १-०२-०४६ प ४५३६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रिय भई दुर्घटनाहुँदा मोटरसाईकल चालक स्थानिय ३५ बर्षीय धन बहादुर तामाङ घाईते भई उपचारका लागि स्थानीय स्थास्थ्य चौकी लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
यसैगरी साँझ साढे ७ बजे तिर कटारी नगरपालिका -११ स्थित सगरमाथा राजमार्गमा अनटेष्ट मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक कटारी ११ का २४ बर्षीय यम्बर बहादुर श्रेष्टको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।