पथरीशनिश्चरे, ५ कार्तिक । पथरीशनिश्चरे सडक खण्डको जयचौकमा सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्बबाट पश्चिम जाने क्रममा झापाको बिर्तामोड –४ का ४५ वर्षीय हरिकुमार बाँस्कोटाको मृत्यु भएको हो ।
को ३७ प ३२५५ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको टाउको र पेटमा गहिरो चोट लागेको थियो ।गम्भिर घाईते मोटरसाइकल चालक बास्कोटाको मोरङको उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।