झापा, ५ कार्तिक । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसााद सिटौलाले साहित्यकार तथा राजनीतिक व्यक्तित्व दयानन्द गोश्वामीद्वारा लिखित मञ्जरी कविता संग्रहको बिमोचन गरेका छन् । रेडक्रसकर्मी समेत रहेका श्रष्टा गोश्वामीको पल्लबी पछिको यो दोस्रो कविता संग्रह हो । एक सय ९१ वटा कविता संग्रहित पुस्तक एक सय ९२ पृष्ठ रहेको छ ।
झापाको बाह्रदशी ५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले शुक्रवार आयोजना गरेको प्रदेश प्रखण्ड स्तरीय अन्तरमावि कविता प्रतियोगिता एवम पुस्तक विमोचन समारोहमा बोल्दै सिटौलाले संविधानको मर्म विपरित हिड्ने जो कोही निर्वाचनपछि आफैं पाखा लाग्ने बताए । लामो संर्घषपछि प्राप्त उपलब्धिलाई पटक÷पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जुट्ने समय आएको उनको भनाई छ ।
निर्वतमान १ नम्वर प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीको विशेष आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ प्रेमिल जोडी बझारु राजवंशी– पानो राजवंशी, रत्नप्रसाद खतिवडा– लीला कुमारी खतिवडा, अविराम साह– तारादेवी साह, हरिप्रसाद – हरिमाया पााठक, चुडामणि– चित्रादेवी दाहाल, देवकुमार – रत्नादेवी राजवंशी, दिलवहादुर – ललिमाया राई, सुनदरला – उर्मिलादेवी गणेशलाई सम्मान गरिएको थियो ।
त्यस्तै, सामाजिक व्यक्तित्वका रुपमा वावुलाल टुडु, सुभाषचन्द्र सिंह राजवंशी, धनपति उप्रेती, चन्द्रप्रकाश योङ्हाङ्ग, राम प्रसाद गणेश, उत्तम कुमार सुवेदीलाई सम्मान गरिएको थियो । यता एकल महिला सीता पाठकलाई सम्मानसमेत गरिएको थियो ।
श्रष्ठा सम्मान तर्फ चिरञ्जिवी काफ्ले, विनोद विवश, केशव आचार्य, पवन राजवंशी, विष्णु भट्टराईलाई समेत सम्मान गरिएको थियो । त्यस्तै वाह्रदशी निवासी शिवराम लिम्बूलाई आविष्कारकका रुपमा सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नृत्यकारका रुपमा स्वीकृति सुवेदीलाई सम्मान गरिएको थियो । यता संस्थागत सदस्यता ग्रहण गर्नेलाई समेत सम्मान गरिएको थियो ।
शान्ति समाजद्वारा दुई साहित्यकार पुरस्कृत
मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पु¥याएबापत दुईजना साहित्यकारलाई यहाँ पुरस्कृत गरेको छ ।
समाजद्वारा शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा साहित्यकार सीमा आभासलाई रु २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र मनु विश्वकर्मालाई रु २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कारबाट सम्मान गरिएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै नगरले भौतिक संरचनाको विकासलाई भाषा, साहित्य र कलासँग जोड्न सके दिगो विकास हुने बताए ।
समारोहमा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले साहित्य एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्कने धारणा राखेका थिए ।