दमक,४ कार्तिक । दमकमा रहेका मैथिली समुदायहरु संगठित भएका छन् । समुदायका अगुवा कृष्ण साह तेलीको अध्यक्षतामा मैथिली सेवा समिति दमक नामक संस्था गठन गरी जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गरिएको हो । दमक वडा नम्बर ७ मा कार्यालय रहने गरि संस्था दर्ता ऐन अनुसार संस्था दर्ता गरिएको अध्यक्ष तेलीले जानकारी दिनुभयो ।
नवगठित समितिको उपाध्यक्षमा राजीव पुर्वे, सचिवमा अविनाश कुमार झा, सह सचिवमा राम शर्मा र कोषाध्यक्षमा सन्तोष साह तेली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा गोपाल साह तेली, बाबा गिरी, जगदिश महतो, ललन साह , बिनय शर्मा, अशोक साह, सरस्वती साह, वडा नम्बर ९ बाट पनि सरस्वती साह चयन भएको जनाईएको छ ।
समितिले दमकमा रहेका मिथिलाञ्चल क्षेत्रका समुदायहरुलाई एकताबद्ध बनाउने अध्यक्ष तेलीले बताए । मिथिलाञ्चलको संस्कार संस्कृतिलाई जगेर्ना गर्न, समाजमा भाईचारा कायम गर्न र मैथिली समुदायलाई अभिभावकत्व प्रदान गर्न समिति क्रियासिल रहने उनले बताए ।