झापा, २ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा पार्टीको निर्देशन विपरित गएका भन्दै तीन जनालाई पार्टीबाट निस्कासन गरेको छ। झापा निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टीको निर्देशन अवज्ञा गर्दै उम्मेद्वारी दिने खुस्बु ओली, क्षेत्र नम्बर १ (ख ) मा आफ्नै उम्मेदवार सविना बजगाईं विरुद्द उम्मेद्वारी दिने कल्याण खड्कालाई पार्टीको साधारण सदस्य नरहने गरि निस्कासन गरिएको पार्टीद्धारा प्रेस विज्ञप्तिमा जनाईएको छ । यसैगरि, पार्टी भावना विरुद्द अनधिकृत गतिविधि गरेको भन्दै कन्काई नगरपालिकाका श्याम ओली निलम्बनमा परेका छन्।