एमालेले गरेको बिकासनै जित्ने आधार : उम्मेदवार कार्की

गौरादह , ३१ असोज । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ५ प्रदेश (क ) का उम्मेद्वार हिक्मतकुमार कार्कीले आफुहरु सरकारमा रहँदा गरेको बिकासनै आफुहरुको निर्वाचन जित्ने प्रमुख आधार भएको बताएका छन् ।
गौरादहमा आज पत्रकार भेटघाट गर्दै प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री समेत रहेका कार्कीले मुलुकको बिकासका लागी अव पनि नेकपा एमालेको सरकार आवश्यक रहेको औल्याए ।
बिपक्षीहरुसंग केपी शर्मा ओली र एमालेलाई गाली गर्नु बाहेक अरु कुनै एजेण्डा नभएको भन्दै उनले आफुहरुले काम गरेर प्रमाणित गरिसकेकाले दावी गरे ।
एमालेको नेतृत्व रहँदा हरेक प्रदेशमा भएका ७ वटा मन्त्रालयलाई अहिले १४ वटा सम्म पुर्याएको भन्दै उनले सुखि नेपाली समृद्ध नेपालको नारा साकार पार्नको लागी पनि आगामी निर्वाचनमा जनताले एमालेलाई भोट हाल्ने बताए ।
बिचार र एजेण्डा नमिल्ने दलहरुले सत्तालाई केन्द्रमा राखेर चुनावी गठबन्धन गरेको भन्दै उनले निश्चित ठाउँमा तालमेल बाहेक एमाले एक्लै निर्वाचनमा होमिएको स्पष्ट परे ।
कमलको आदीबासी रंगशाला बनाउनका लागी आफ्नै पहलमा प्रदेश सरकारबाट रकम बिनियोजन भएको भन्दै उनले यस क्षेत्रको समग्र बिकासका लागी संघ र दुवै प्रदेशमा एमाले उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.