झापा, १३ असोज । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८७ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।
जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली -१, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।
यसैगरी चितवन – १ र २, गोरखा – १, मनाङ, कास्की-१, तनहुँ-१ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी-१, पाल्पा- १, अर्घाखाँची, रुपन्देही -३,४ र ५, कपिलबस्तु – २, ३, दाङ-३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी पाँचथर, इलाम-२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी -२,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।
यस्तै सर्लाही – ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे -२ सिन्धुपाल्चोक – २ र मकवानपुर- १ कांग्रेसले लिने बताइएको छ ।
जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ । ( रातोपाटीबाट )