शुभारम्भ सहकारीको साधारणसभा सम्पन्न, सम्मान तथा पुरस्कार वितरण

दमक,८ असोज । दमक -६ देवकोटा चौकमा कार्यालय रहेको शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले आज आफनो १२ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।स्थानीय मारवाडी सभाहलमा आयोजित साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष गुरुभक्त ढुंगानाले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन र लेखा संयोजक मोहन श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । ती दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले आवश्यक सुझावसहित पारित गरिएको थियो ।
जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटन सत्रमा संस्थाका ७० वर्षमाथिका २० जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गर्नुका साथै संस्थामा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा देबेन्द्र बराल, इन्द्र मणी वस्नेत, भगवती ओझा,गिता दर्जी, उत्तरकुमार राई, टेकबहादुर दर्जी, अहमद खान, बद्री खड्का ,गंगादेवी ढकाल, पेन्सु बोहोरा,कृष्णबहादुर तुम्रोक र सुस्मिता खतिवडा रहेका छन् । ज्येष्ठसहित उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई पुरस्कार प्रदान गरिएको व्यवस्थापक लोचन ढुंगानाले बताए ।
साधारणसभामा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई , सहकारीका सञ्चालक समिति, विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
९४४जना शेयर सदस्य रहेको सहकारीकोे गत आर्थिक बर्षसम्म कुल शेयर पूंजी १ करोड १९ लाख ९ हजार ७ सय पुगेको छ भने निक्षेप मौज्दात ८ करोड ८ लाख ७ सय ७६ रुपैया, ऋण लगानी ७ करोड २३ लाख ६ हजार ४२७ रहेको उल्लेख छ । सहकारीले सदस्य केन्द्रीत बाहेक सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत रक्तदान लगायतका विभिन्न सामाजिक कार्यक्रमहरु गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.