मानव विकासको पहिलो आधार शिक्षा : उपमेयर भट्टराई

दमक ,२३ भदौ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले मानव विकासको लागी शिक्षा पहिलो आधार रहेको बताएकी छिन् । नीजि तथा संस्थागत बिद्यालय संगठन नेपाल ( प्याब्सन ) दमकले आज आयोजना गरेको बिद्यालय स्तरिय प्रतियोगितात्मक कार्यक्रमको उद्घाटन गर्दै उनले अहिलेको प्रतिस्पर्धी बजारमा दक्ष जनशक्ति उत्पादनका लागी कितावी शिक्षा संगसंगै बिद्यार्थीहरुलाई व्यवहारिक ज्ञान पनि दिनु पर्ने जोड दिइन् ।
बालबालिकाहरुको रुचि अनुसार ज्ञान दिनु पर्ने भन्दै उनले बिद्यार्थीहरुको चौतर्फी बिकासका लागी यस्ता कार्यक्रमहरु उपलब्धिमूलक हुने बताए । शिक्षा क्षेत्रमा नीजि बिद्यालयको योगदानलाई अवमूल्यन गर्न नहुने भन्दै नगर उप प्रमुख भट्टराईले नीजि बिद्यालयले शिक्षालाई ब्यबसाय भन्दा पनि सेवाको रुपमा लिनु पर्ने बताए । उनले दमकका बिकासका लागी नीजि बिद्यालय संग सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको जनाईन् ।
प्याब्सन दमक अध्यक्ष जनार्दन मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन प्रदेश १ का सल्लाहकार एल.डि. राई, संस्थागत बिद्यालय शिक्षक संगठन ईष्टु झापाका अध्यक्ष होमप्रसाद खतिवडा लगायतले पनि बोलेका थिए ।
दमकमा रहेका ३५ वटा नीजि बिद्यालयका बिद्यार्थीहरु सहभागि कार्यक्रममा कविता वाचन तथा लेखन, अंग्रेजी स्पिच, क्विज, चित्रकला, निबन्ध लेखन सम्बन्धि प्रतियोगिताहरु सञ्चालन गरिएको प्याब्सन दमकका सचिव नविन योगीले जानकारी दिए । प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.