दमकमा मोर्डन होम एन्ड इन्टेरियर सोलुसनको सेवा सुरु

दमक,२२ भदौ । बिराटनगरका पूराना ब्यवसायी अनुप सिग्देलले आजदेखि दमकमा फर्निचर तथा फर्निसिङ सम्बन्धि ब्यवसाय सञ्चालनमा ल्याएका छन् ।तीन दशक लामो अनुभवपछि उनले दमकको फर्निचर लाइनमा अवस्थित ज्योती कम्प्लेक्समा मोर्डन होम एन्ड इन्टेरियर सोलुसन सन्चालनमा ल्याएका हुन् । सम्पूर्ण स्वदेशी उत्पादनको प्रयोग गरेर आधुनिक प्रबिविसहित निर्माण गरिएका फर्निचर तथा फर्निसिङ सम्बन्धि सामग्रीहरुको बिक्री बितरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सञ्चालक सिग्देलले बताए ।
सो ब्यवसायिक प्रतिष्ठानको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उदघाटन गरे।
उदघाटनका क्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बजारमा असहज परिस्थितिका बाबजुद सिग्देलले पुस्तौंदेखिको पेशालाई अङ्गालेर दमकमा शुरु गरेको यो ब्यवसायले दमकका सेवाग्राहीहरुको मागलाई सम्बोधन गर्ने बिश्वास व्यक्त रे। उनले दमकको ब्यवसायिक तथा आर्थिक बिकासमा समेत यसले महत्त्वपूर्ण योगदान दिने उल्लेख गरे । सञ्चालक सिग्देलले आधुनिक घरहरुको निर्माण सरल र सहज ढङ्गबाट गरेर साज सज्जावटको समेत काम गर्ने गरिएको बताउदै समयको माग अनुसार ब्यवसायलाई परिमार्जन गरिएको बताए।
उदघाटनको अवसरमा अध्यक्ष श्रेष्ठ, प्रथम उपाध्यक्ष राजु खड्का, सिग्देल डिपार्टमेन्ट स्टोरका संचालक लोकनाथ सिग्देल लगायत दमकका सामाजिक तथा ब्यवसायिक एवं बित्तिय क्षेत्रका प्रतिनिधिहरुले बधाई तथा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published.