सवारी दुर्घटनामा मोसा चालकको मृत्यु


इलाम ,२२ भदौ । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकास्थित सडक खण्डमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।मंगलबार मे ४ प ८३५५ नम्बरको मोटरसाइकल सोही दिशा तर्फ गइरहेको मे १ ख ६५४ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना हुदाँ त्यसमा सवार मोटरसाईकल चालक इलाम सूर्योदय नगरपालिका स्थित अन्तु बस्ने रत्नबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार दुबै सवारी साधन झापाबाट इलाम तर्फ आउँदै गरेको अवस्थामा रोङ ४ को भालुझोडा किटेनी सडक खण्डमा दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published.