बिर्तामोड ,२२ भदौं । झापाको बिर्तामोडमा आज आयोजना गरिएको रक्तदानमा ६२ पिन्ट रगत संकलन भएको छ । वीरता जेसीजको आयोजनामा भएको रक्तदानमा १० महिलासहित ६२ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय रगत अभाव भइरहेका बेला वीरता जेसीजले रक्तदान जीवन दान भन्ने नाराका साथ रक्तदान कार्यक्रम गरिएको वीरता जेसीजका अध्यक्ष प्रविन खड्काले बताए ।
बिर्तामोडस्थित मनकामना कलेजमा आयोजित रक्तदानमा कलेजका विद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको थियो । कार्यक्रम बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।