जुरेस , युरेसद्धारा पाडाजुंगीमा सचेतनामूलक रयाली


कमल,१९ भदौं । नेपाल रेडक्रस सोसाईटीको ६० औ स्थापना दिवसको अवसर पारेर आज कमल -५ स्थित पाडाजुंगीमा सचेतनामूलक रयाली निकालिएको छ ।मंगलमय माध्यमिक बिद्यालयको जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलको आयोजनामा सुर्तीजन्य तथा धुम्रपान ,लागुपदार्थ न्यूनीकरण सम्बन्धी सचेतनामूलक निकालिएको हो ।
विद्यालयबाट शुरु भएको रयालीले त्यस टोलका विभिन्न स्थानको परिक्रमा पछि पाडाजुगी चौकमा कोणसभा गरि समापन गरिएको थियो । कोणसभामा विद्यालयका प्रअ मोहन बगाले थापा, रेडक्रस कमल उपशाखाका सभापति चन्द्र साह लगायतले सूर्तिजन्य, धु्रमपान तथा लागूऔषध न्यूनीकरण तथा रोकथामका बारेमा बोलेका थिए । उनीहरुले विद्यालयस्तरबाट यस्ता कुलतबाट जोगिन परिवार, समाजका हरेक नागरिकको सामाजिक दायित्व भएको जोड दिएका थिए ।
रयालीमा विद्यार्थी, रेडक्रसका प्रतिनिधि,शिक्षक , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सचेतनामूलक प्लेकार्ड mिएर सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published.