दमकमा कर्णाली शाकोसका नयाँ सदस्यलाई सहकारी शिक्षा

दमक, १९ भदौं । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाको दमक सेवा केन्द्रले आज नयाँ सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

सहकारीको दमक सेवा केन्द्र व्यवस्थापन समिति सदस्य गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका नयाँ सदस्यहरुको उपस्थिति रहेको थियो ।
सहकारीको दमक सेवा केन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले कर्णाली सहकारीका बारेमा जानकारी गराएका थिए । सदस्यहरुलाई कर्णाली सहकारीको वचतका प्रकारहरु, कर्जा प्रबाह, स्वास्थ्य उपचार कोष लगायतको बिषयमा जानकारी दिईएको थियो । त्यसैगरी सदस्यहरुले उठाएका जिज्ञासाहरुको बारमा पनि बस्नेतले जानकारी गराएका थिए ।
कर्णाली सहकारीको सदस्यता हरेक दिन खुल्ला रहेको भन्दै महिना भरिमा थपिएका नयाँ सदस्यहरुलाई सहकारीका बारेमा जानकारी गराउने उद्देस्यले मासिक रुपमा नयाँ सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरिने सहकारीका सेवा केन्द्रका ब्यवस्थापक बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.