खत्री रुग्वी आयोगको सदस्यमा चुनिए

दमक,१५ भदौं । दमकका युवा तथा शैक्षिक व्यक्तित्व चन्द्र खत्री नेपाल विद्यालय रुग्वी आयोगको प्रदेश सदस्यमा चुनिएका छन् । नेपाल रुग्वी संघको विधान बमोजिम रहने गरि नेपाल विद्यालय रुग्वी आयोगद्धारा आज आयोजित साधारणसभाबाट खत्री सदस्य पदमा चयन भएका हुन् ।
संघले सदस्य खत्रीबाट नेपालमा रुग्वी खेलको विकास र विस्तारमा विद्यालयस्तरदेखिनै उत्पादन गरि राष्ट्रि«य तथा अन्तराष्ट्रि«य स्तरमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न सघाँउ पुरयाँउने अपेक्षा गरिएको उल्लेख छ ।
दमक जेसीजका पूर्व अध्यक्ष खत्री दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा दमक ८ स्थित एलाईड अंग्रेजी बोर्डिङ स्कूलका सञ्चालक हुन् ।

Leave a Reply

Your email address will not be published.