दमक, १४ भदौ । दमकमा केन्द्रीय कार्यालय रहेको स्वणर्लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सोमबारदेखि सुरु भएको छ । दमक ६ स्थित प्रधान कार्यालयबाट इकाईगत रूपमा १३ औं साधारण सभा सुरु भएको हो । संस्थाको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहकारीका संस्थापक अध्यक्ष बासुदेव काफ्लेले दिप प्रज्वलन गरी साधारणसभाको शुभारम्भ गरे ।
सहकारीका अध्यक्ष रवि न्यौपानेको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले सहकारी संस्थामा सबैको सहकार्य भए मात्र सहकारी सफल हुनेमा जोड दिए ।
अध्यक्ष न्यौपानेले ७ वटा इकाईमा १८ गते सम्म इकाइगत साधारण सभा हुने जानकारी दिए। उनले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ सञ्चालक समिति चयन हुने निर्वाचन वर्षको साधारण सभा भएकाले सक्षम नेतृत्व छनौट गर्न शेयर सदस्यहरुलाई आग्रह गरेका थिए । साधारणसभाको उद्घाटनमा सहकारीका लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दमकको इकाई १ र २, झिलझिले, सुरुङ्गा, गौरादह र मोरङको उर्लावारी इकाईमा इकाईगत साधारण सभा भदौं १६ गतेसम्म सम्पन्न गरिने सहकारीका व्यवस्थापक कमल घिमिरेले जानकारी दिए। साथै, अन्य सबै साधारण सभाहरुको निणर्य एकीकरण, प्रमाणीकरण, निर्वाचन तथा साधारण सभा समापन भदौ १८ गते दमकमा सम्पन्न हुने व्यवस्थापक घिमिरेले बताए ।
उत्कृष्ठ कारोवार,कर्मचारी ,पत्रकार पुरस्कृत
संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु, उत्कृष्ट कर्मचारीहरु र सहकारी क्षेत्रका विषयमा पत्रकारितामा सक्रिय एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
संस्थाले बाल बचततर्फ समर कुमार शाह, नमिना ओझा, आङ्गसी लिम्बू, देबासिस सुवेदी र रोली रिजाल छन् । त्यस्तैं, सुपर आवधिक बचतकर्ता कल्पना दाहाल, १ वर्षे नियमित बचतकर्ता बिष्णु शाह तेली, ३ बर्षे नियमित बचतकर्ता आयुशा मगर, ५ बर्षे नियमित बचतकर्ता गंगादेबी ढकाल, आवधिक बचतकर्ता प्रेमकुमारी न्यौपाने, लखपती बचतकर्ता आयुसा मगर र दिर्घकालिन बचतकर्ता आनन्द थापा छन् ।
दमक, झिलझिले, सुरुङ्गा, गौरादह र उर्लाबारीसहितबाट ४१ जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरु पुरस्कृत हुने भएका छन् भने कर्मचारीहरुतर्फ कमल गड्तौंला (दमक ), न्युसन तामाङ्ग (झिलझिले ), रुपेश खतिवडा (उर्लाबारी ), सुरज घिमिरे (सुरुङ्गा ) छन् । त्यस्तैं, उत्कृष्ट कर्मचारीको रुपमा बिनोद घिमिरे र हिरो अफ दि स्वर्णलक्ष्मीबाट भगिरथ (ध्रुब ) अधिकारी पुरस्कृत हुने भएका छन् ।
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीराज भट्टराई, पूर्व सञ्चालक सम्मान, कक्षा १२ उर्तिण छात्रा र छात्र सम्मान, जेष्ठ सदस्य सम्मान, बुहारी स्वागत लगायतका सम्मान र पुरस्कारहरु बितरण गरिने भएको छ ।